काठमाडौं । संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । उपचारका लागि काठमाडौं लैजाने क्रममा हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको उनले जानकारी दिए । गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको…