काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले माग गर्ने हदसम्मका व्यक्ति तानिएको बताएका छन् । ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आर्थिक रूपमा संगठित ठगी भएको देखिएको छ,’ सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ । अनुसन्धानले माग गर्ने हदसम्म विभिन्न व्यक्तिहरू तानिनुभएको छ ।’ गृहमन्त्री श्रेष्ठले…