तिलोत्तमा गोल्डकप : उपाधिका लागि मनाङ मस्र्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने

लुम्बिनी । बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गतको आजको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै मनाङ फाइनलमा पुग्न सफल भएको हो । यससँगै अब तिलोत्तमा गोल्डकप उपाधिका लागि मनाङ र सुदूरपश्चिम–११ भिड्ने छन्…