काठमाडौं । नेपाली कांग्रेसले तेह्रथुमका पार्टी पूर्वसभापति गणेशप्रसाद विमलीको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेस तेह्रथुमका पूर्व सभापति एवं संविधानसभा सदस्य विमलीको निधनप्रति दुःख व्यक्त गरेका हुन् । विगत केही समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित विमलीको चैत ७ गते ७४ वर्षको उमेरमा निधन…