काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो १ बजे शीतल निवासमा शपथ ग्रहण गर्दै छन् । शपथ समारोहमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सांसदहरू संवैधानिक निकायका पदाधिकारीदेखि कूटनीतिक नियोगका अधिकारीहरू बोलाउने नियमित सूचीका साथै यसपटक चार जना विशेष अतिथिलाई पौडेलले शपथ समारोहमा बाेलाएका छन् । ती अतिथिहरु नवनिर्वाचित राष्ट्रपति पौडेलकाे शपथ समारोहमा उपस्थित हुने बताइएकाे छ…