काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेलले आफ्नो जेनेभा भ्रमण रोकिएकोबारे राष्ट्रियसभालाई जानकारी गराएकी छिन् । उनले प्रधानमन्त्रीको निर्देशनमा भ्रमण रोकिएकोबारे संसद्लाई जानकारी गराएकी हुन् । कार्यकारीले नेतृत्व गर्नुपर्ने भ्रमणमा बाहिरको व्यक्तिले गरेको भन्दै त्यसले पार्ने असरबारे संसद्ले प्रश्न उठाउनुपर्ने बताइन् । आफ्नो भ्रमण रोकिएपछि राष्ट्रियसभामा विशेष सम्बोधन गर्दै मन्त्री पौडेलले राजनीतिक कारणले आफ्नो भ्रमण रोकिएको…