विगतलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्छ : विश्वप्रकाश शर्मा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगतलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताएका छन् ।  विराटनगरमा शुक्रबार आयोजित प्रदेशसभा सांसदसँगको अन्तरक्रिया कार्यक्रममा उनले विगतमा राष्ट्रपति विवादमा पर्नुको कारणलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताएका हुन् ।  २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् ।…