मनलाग्दी सवारी भाडा असुल्दा सर्वसाधारण मर्कामा

सुर्खेत ।  हुम्लाको सल्लीसल्लादेखि ताजाँकोट गाउँपालिकाको कबाडीसम्म सडकको दूरी ३९ किलोमिटर मात्र छ । तर, यो सडकमा यात्रा गर्दा एक हजार दुई सय रुपैयाँसम्म भाडा बुझाउनुपर्छ । यात्रुसँग चर्को भाडा असुल्ने यिनै यातायात व्यवसायीकै सहमतिमा १६ फागुन ०७८ मा जिल्ला प्रशासन कार्यालयले तीन सय १३ रुपैयाँ भाडादर निर्धारण गरेको थियो । निर्धारित दरभन्दा व्यवसायीले यात्रुसँग उठाउँदै आएको भाडा झन्डै…