काठमाडौं । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरुले मंगलवारदेखि प्रतिष्ठानको मुल ढोकामा तालाबन्दी गरेर कार्यालयका सम्पूर्ण कामकाज बन्द गरेका छन् । मंगलवार कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको संस्थागत सुदृढीकरण, कर्मचारीहरुको पेशागत सुरक्षा र वृत्ति विकासको सुनिश्चितताका लागि पटक पटक माग गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको जनाएका छन् ।…