काठमाडौं । नेशनल यूनिभर्सिटी अफ सिंगापुरले शिक्षा, स्वास्थ्य र वित्तीय सेवामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको अनुसन्धान र प्रयोगलाई अगाडि बढाउनको लागि सोमबार एआई इन्स्टिच्युटको स्थापना गरेको छ । एआई इन्स्टिच्युटले सरकारी एजेन्सीहरू र उद्योगहरूसँग मिलेर समाजमा एआई क्षमताहरू विस्तार गर्ने लक्ष्य राखेको छ । विश्वविद्यालयद्वारा जारी विज्ञप्ति अनुसार, नयाँ संस्थानले एआईसँगै नैतिक चिन्ता र जोखिमहरूलाई…