६७ करोडको प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका–९ ठेगाना भएका २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौति नगरपालिका–१ ठेगाना भएका २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २७ वर्षीय राहुल चचान रहेका छन् । प्रहरीले उनीहरूलाई आइतबार…