गोरखापत्र डोटेली भाषा संस्करण संयोजकमा यज्ञराज जोशी नियुक्त

काठमाडौं । गोरखापत्र दैनिकले प्रकाशन गर्ने डोटेली भाषा पृष्ठको संयोजकमा पत्रकार यज्ञराज जोशी नियुक्त भएका छन्। एक दसक लामो समयदेखि पत्रकारितामा सक्रिय जोशीलाई गोरखापत्र संस्थानले डोटेली भाषा पृष्ठ संयोजकका रूपमा नियुक्त गरेको हो। विभिन्न साहित्यीक संस्थामा समेत आवद्ध रहेका जोशी भाषा, साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएका छन्। उनले नागरिक दैनिकको पश्चिमेली संस्करणमा पनि केही…