अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा ४ को मृत्यु

अमेरिकाको केन्टुकी राज्यको लुइसभिलस्थित एक बैंकमा कार्यरत एक जना कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीले आफ्नो इन्स्टाग्राममा गोली चलाउदै गरेको लाइभ स्ट्रिम गरेको त्यहाँका प्रहरीले जनाएको छ । मृत्यु हुनेहरु ४० बर्षदेखि ६४ बर्षसम्मका छन् । आक्रमणमा अन्य नौ जना घाइते भएका छन् । घाईतेमध्ये एकजना दुई साताअघि मात्रै भर्ना भएका…