अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एक अमेरिकी कूटनीतिज्ञलाई चिनियाँ महिलासँगको प्रेमसम्बन्ध लुकाएको आरोपमा बर्खास्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले ती अधिकारीले ‘चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित एक चिनियाँ महिलासँगको प्रेमसम्बन्ध लुकाएको स्वीकार गरेपछि’ सेवाबाट हटाइएको जानकारी दिएका छन् । विदेश मन्त्रालयले बर्खास्त अधिकारीको नाम सार्वजनिक गरेको छैन । मन्त्रालयका अनुसार,भिडियो बयानमा ती…