काठमाडौं । डेमोक्र्याट जोहरान मामदानीले बिहीवार न्युयोर्क शहरको मेयरको रूपमा शपथ लिएका छन् । उनी अमेरिकाको जनसंख्याको हिसावले सबैभन्दा ठूलो शहरको नेतृत्व गर्ने पहिलो मुस्लिम व्यक्ति बनेका छन् । उनले शहरको महँगीको संकट समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । आफ्नो शपथ ग्रहण समारोहमा मामदानीले कामदार वर्गका लागि शहरलाई सस्तो बनाउने आफ्ना चुनावी प्रतिज्ञाहरू दोहो¥याए ।…