कैलाली । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्राथमिकतामा राखेर बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज रङ्गशालाको निरीक्षण गर्दै मन्त्री पोखरेलले यो रङ्गशाला राष्ट्रिय आयोजना बैंकमा समावेश भइसकेकाले अब सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउने बताए । उनले यो रङ्गशाला…