काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा आज राति सवा ९ बजे डालासमा घरेलु टोली अमेरिका र स्कटल्यान्ड खेल्दैछन् । नेपालले पर्सि आइतवार अमेरिकासँग खेल्दै लिग–२ शृङ्खलाको शुरुआत गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा आउँदो मंगलवार स्कटल्यान्डसँग, तेस्रो खेलमा कात्तिक १७…