एसिया कप : यूएईलाई हराउन नेपालले पायाे ११६ रनकाे लक्ष्य

काठमाडौँ । नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)बाट जितका लागि एक सय १६ रनको लक्ष्य पाएको छ । श्रीलंकाको डम्बुलामा टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको हो । नेपाली टोलीका कप्तान इन्दू बर्माले तीन विकेट लिइन् ।…