काठमाडौं । नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वरीयतामा ऐतिहासिक सफलता पाएका छन् । यो वर्ष उत्कृष्ट क्रिकेट खेलिरहेका दीपेन्द्र टी२०आई अलराउन्डरमा टपटेनभित्र परेका हुन् । नेपालले टी२०आईको मान्यता पाएपछि पहिलोपटक नेपाली खेलाडी आईसीसी वरीयताको टपटेनमा परेका हुन् । आईसीसीले पछिल्लोपटक अपडेट गरेको वरीयताअनुसार यसअघि ११औं स्थानमा रहेका दीपेन्द्र एक स्थान सुधार…