विश्वकप लिग–२ को दोस्रो शृंखलाको तयारीका लागि नेपाली टोली भारत जाँदै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो शृंखलाको तयारीका लागि आज नेपाली टोली भारत जाँदै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार भारतको बेङ्गलाेरमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा दुई हप्ताको प्रशिक्षणका लागि नेपाली टोली भारत जान लागेको हो । नेपालले आउँदो सेप्टेम्बरमा क्यानडा र ओमानसँग विश्वकप लिग–२ को दोस्रो शृङ्खला खेल्ने…