काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १५८ रनको लक्ष्य पछ्याएको बागमतीले १६.१ ओभरमा अल आउट हुदै ४८ रन मात्र बनाएको थियो । त्यसअघि…