राइजिङ स्टारलाई हराउँदै आर्मी पाेखरा गाेल्ड कपकाे क्वाटरफाइनलमा

कास्की । त्रिभुवन आर्मी क्लब २३ औँ आहा रारा पोखरा गोल्ड कप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ । पाेखरा रङ्गशालामा आज भएकाे खेलमा राइजिङ स्टार एफसीलाई १–० ले हराउँदै आर्मी क्वाटरफाइनलमा पुगेकाे हाे । आर्मीका लागि कप्तान भरत खवासले गोल गरे । अब आर्मीले क्वाटरफाइनलमा माघ १४ गते साविक विजेता सङ्कटा क्लबसँग खेल्नेछ । राइजिङ स्टार…