काठमाडौं । शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन् । ठेकेदारले दैनिक २ लाख हर्जना तिरेर निर्माण भइरहेको उक्त क्रिकेट मैदानको आइतबार मन्त्री सिंहले निरीक्षण गरेका हुन् । अहिले मैदानको प्यारापिटको निर्माणको काम लगभग सकिएर फ्लडलाइट जडानको काम भइरहेको छ । ठेकेदारका अनुसार भदौ मसान्तसम्म प्यारापिट निर्माणको सम्पूर्ण काम पूरा…