काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध २२ रनको जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ ।…