एनपीएलमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्स खेल्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ । रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमा मात्र जित हात पारेको छ । प्लेअफको सम्भावना…