नेपाल साफ यू-१७ को उपविजेता

काठमाडौं । भारतले श्रीलंकामा आयोजना भएको साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । कोलम्बोमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४-० गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे । कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको १८ औं मिनेटमा…