काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले विंगर ब्रायन एम्बेउमोलाई अनुबन्ध गरेको छ । मंगलबार युनाइटेडले ब्रेन्टफोर्डका एम्बेउमोसँग ६५ मिलियन पाउन्डमा पाँच वर्षसम्मको सम्झौता गरेको हो । युनाइटेडले सात हप्तापछि तेस्रो प्रयासमा एम्बेउमोलाई भित्र्याउन सफल भएको छ । युनाइटेडमा अनुबन्ध भएपछि एम्बेउमोले क्लबबाट खेल्ने सपना पूरा भएको बताए । एम्बेउमो युनाइटेडले समरमा अनुबन्ध गरेका तेस्रो खेलाडी…