लालिगामा रियल मड्रिडको विजयी सुरूवात

काठमाडौं । स्पेनिस लालिगामा रियल मड्रिडले विजयी सुरूवात गरेको छ । गएराति भएको खेलमा ओसासुनालाई १-० गोलले पराजित गर्दै रियलले विजयी सुरूवात गरेको हो । सान्टियागो बर्नाबेउमा भएको खेलमा केलियन एम्बाप्पेले निर्णायक गोल गरे । उनले ५१ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । गएराति नै भएको इल्चे र रियल बेटिसले १-१ को बराबरी खेले ।