पहिलो ३ महिनामा विदेशबाट ३ सय ७९ नेपालीको शव ल्याइयो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन (साउन, भदौ र असोज) महिनामा ३ सय ७९ युवाले ज्यान गुमाएका छन् । यो संख्या विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझ धेरै छ…