काठमाडौँ । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुँदा ७ नेपाली मजदुरको मृत्यु भएको छ । भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन् । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् ।…