काबुलमा अलपत्र परेका नेपालीलाई पाकिस्तानबाट स्वदेश फर्काउन सहमति

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा अलपत्र नेपालीलाई पाकिस्तानबाट स्वदेश फर्काइने भएको छ । अहिले अफगानिस्तानमा अन्तर्राष्ट्रिय उडान सञ्जाल अवरुद्ध भएकाले काबुलमा रहेका नेपालीलाई अफगान–पाक स्थलमार्गबाट स्वदेश फर्काउन सहमति भएको इस्लामाबादस्थित नेपाली राजदूत तापस अधिकारीले बताएका छन् । उनका अनुसार अफगानिस्तानको जलालाबाददेखि पाकिस्तानको तोरखाम बोर्डरसम्म आउने विषयमा समन्वयको लागि पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीसँग कुराकानी भएको छ…