रोमानियामा मेसिनमा च्यापिएर नेपाली युवकको मृत्यु

म्याग्दी । वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर मृत्यु भएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) रोमानियाले दिएको जानकारी अनुसार पुनको बुधबार तिमिश्वारा सहर नजिक भिजिडियास्थित बनेट मेलोन एग्रिकल्चर कम्पनीमा मेसिनले खेतमा आलु खन्ने क्रममा मेसिनको वेल्टमा परी च्यापिएर मृत्यु भएको हो । मोना रोमानियाका अध्यक्ष विजय…