३० वर्षमै अतुल्य योगदान गरेका बहुआयामिक मोतीराम

काठमाडाैं । २३ भदौ १९२३ कुसेऔँसीका दिन काठमाडौँको भोसिको टोलमा पिता पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टको सुपुत्रका रूपमा जन्मिएका मोतीरामले आफ्नो छोटो जीवनकालमा निकै राम्रा र ऐतिहासिक कार्य गरेका छन् । भक्ति वन्दनामा सीमित नेपाली काव्यपरम्परालाई शृंगारमा प्रवेश गराउने मोतीराम उर्दू, हिन्दी साहित्यमा लोकप्रिय काव्य विधा गजललाई नेपाली साहित्यमा भित्र्याउने प्रथम स्रष्टा…