बुद्धिनारायण श्रेष्ठद्वारा लिखित पुस्तक बोर्डर म्यान अफ नेपाल सार्वजनिक

बुद्धिनारायण श्रेष्ठद्वारा लिखित पुस्तक बोर्डर म्यान अफ नेपाल सार्वजनिक



काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित पुस्तक बोर्डर म्यान अफ नेपाल सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा मानवअधिकार संरक्षण मञ्चले आयोजना गरेको कार्यक्रमकामा बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी र बरिष्ठ सञ्चारकर्मी भैरव रिसाल तथा बिकास अभियन्ता बद्री प्रसाद खतिवडाले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गरेका हुन् ।

लेखक श्रेष्ठले पुस्तकमा नेपालको सिमाना तथा अन्य देशहरुको सीमावर्ती क्षेत्रगत अध्ययन गरेर हासिल गरेको अनुभव समेटिएको बताए। नेपालको सीमा मामिला बिदेशीले पनि बुझुन् भन्ने उदेश्यकले नक्साको द्धन्द्ध, चूच्चे नकसा आदी बिषयमा समेटिएको उनले बताए। सीमाविद् श्रेष्ठको यो १३ औं पुस्तक हो । नेपालको सिमाना नामक उनको ग्रन्थले मदन पुरस्कार जितेको थियो ।