काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट १० सिट पाएको नेपाली कांग्रेसले सबै उम्मेदवारको टुंगो लगाएको छ । आइतबार राति अबेर भएको केन्द्रीय कार्यसम्पादन समिति र सोमबार बिहानै बसेको संसदीय बोर्डको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने भएको छ । यस्तै, मधेशमा आनन्दप्रसाद ढुंगाना, बागमतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतलाई…