विकास र समृद्धिका लागि एमसीसी संसदबाट अनुमोदन गर्नुपर्छ : कानूनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी)लाई संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् । शुक्रवार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी मुलुकको बिकास र समृद्धिका लागी आवश्यक रहेको बताएका हुन् । उनले…