एमालेको राष्ट्रिय महिला भेला सुरू

काठमाडौं । नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको छ । भेला दुई दिनसम्म चल्ने जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । बिहीबारसम्म चल्ने भेलाको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् । प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने उक्त भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता तथा पार्टीबाट निर्वाचित…