कोशीमा मुख्यमन्त्री कार्कीले सहमतीय सरकार आह्वान गर्ने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बजेटपछि सहमतीय सरकार आह्वान गर्ने भएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कार्कीले प्रदेश सभालाई मध्यावधिमा जानबाट रोक्न सहमतीय सरकारको विकल्प नरहेको स्वास्थ्यमन्त्री प्रदीप सुनुवारले बताए । मन्त्री सुनुवारले भने, ‘संविधानको धारा १६८ को उपधारा (५) अन्तर्गत एमालेको सहयोगमा यो सरकार…