उमेशराज जाेशी र भीम ढकाल एआईजीमा बढुवा

काठमाडौँ । बिहीवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेकाे छ । यस्तै सरकारले आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने निर्णय गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्…