काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले गैर आवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ । बनेपा नगरपालिका ९ घर भई हाल क्यानाडा बस्दै आएका श्याम कृष्ण डंगोललाई काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहीबार पहिलोपटक गैर आवासीय नागरिकता प्रदान गरेकी हुन् । प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गरेको गैरआवासीय नागरिकतालाई प्रजिअ शर्मालेनै हस्तान्तरण गरेकी थिइन् ।…