मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग बनाएको हो । अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न बनेको आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन्…