गोरखा । अजिरकोट गाउँपालिकाले 'जनयुद्ध दिवस' मा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, ‘आइतबारको कार्यपालिका बैठकले अजिरकोट गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र…