प्रतिक्रियावादी शक्तिविरुद्ध सडकमा लाखौं जनता उतार्छौं : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको लागि लाखौं जनता सडकमा उतार्ने जिकिर गरेका छन् । समाजवादी मोर्चाले आइतबार हेटौंडामा आयोजना गरेको सन्देश सभामा बोल्दै उनले संघीयता, गणतन्त्रमाथि प्रतिक्रियावादीहरूले प्रहार गरिरहेको भन्दै त्यसविरूद्ध जनता सडकमा उतार्ने जिकिर गरेका हुन् । ‘प्रतिक्रियावादी शक्तिहरूले संघीयता, गणतन्त्रलाई होच्याउने गरिरहेका छन् ।…