काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरेसँग संघीय संसद् अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमा जानकारी गराएका छन् । आजको मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमार्फत जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ । संघीय संसद्को दुवै सदनको अधिवेशन यही माघ २२ गते दिनको ४ बजे आह्वान गर्ने तयारी भएको…