गृहमन्त्रीलाई गगनको प्रश्न : काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरे । “कांग्रेस सहमहामन्त्री तथा संविधानसभा सदस्य महेन्द्र यादव भाग्यले बाँच्नुभएको छ,” उनले भने, “सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ…