एमसीसीको व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठिरहेको छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना 'मिलेनियम च्यालेन्स कर्पाेरेशन' (एमसीसी) को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताएका छन् । सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अध्यक्ष नेपालले एमसीसीको व्याख्यात्मक टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताएका हुन् । उनले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू देखिएको भन्दै त्यसतर्फ पनि…