काठमाडौँ । सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिनका लागि उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो । पूर्वएआईजी अरुण बिसी र गृहका सहसचिव नारायणप्रसाद भट्टराई आयोगमा सदस्य रहेका छन् । बालकुमारी घटनामा भएको मानवीय र अन्य क्षतिको विवरण अध्ययन गर्ने…