भारतीय विदेशमन्त्रीकाे नेपाल भ्रमण : मन्त्री साउदले मागे पूर्व परराष्ट्रमन्त्रीसँग सुझाव

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरुसँग छलफल गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आज उनले उक्त छलफल गरेका हुन् । छलफलका क्रममा पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीमा सुझाव दिनुभएको मन्त्री सादउले जानकारी दिए…