काठमाडौं । सांसद सोभिता गौतमले सामाजिक प्लेटफर्म टुइटर छाडेकी छिन् । हालै मात्रै बैबाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफनो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आएपछि टुइटर डिलिट गरेको बताएकी हुन् । ‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आइसके पछाडी मैले टुइटर डिलिटै गरिदिएँ, फालिदिएँ, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उनले एउटा पोडकास्ट अन्तरवार्तामा भावुक हुदैँ भनेकी…