काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०८०/८१ को बजेट नसच्याए सरकार ढल्न सक्ने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धन पाँच वर्ष नै चलाउने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशंका व्यक्त गरेका । उनले भने, "बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ…