संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्रीले देउवा र ओलीसँग गरे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग छलफल गरेका छन् । संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बिहान बालुवाटारमा देउवा र ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।…