काठमाडौँ । काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। शनिबार नेपाली नेपाल काँग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले महामन्त्री गगन थापाप्रति लक्षित गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘नेपाली काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ। सत्य कुरा हो। अहिले सबै ठाउँमा नेविसंघले जितेको…